अधुरो यात्रा


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार १३:०४ मा प्रकाशित     
अधुरो यात्रा

फुलमती फूलजस्तै कोमल, सुन्दर अनि स्निग्ध थिइन् । हेरिरहने यी आँखालाई उनको अधरबाट छुटाउन हम्मे-हम्मे पर्थ्यो ।

“हाम्राे मायाको बारेमा घरमा थाहा पाएर मेरो बिहे गर्ने तयारी गर्दैछन्” भन्दै अगालोमा बाँधिएर रुन थालिन् ।

सँगै पढने भएकाले पनि हुनसक्छ उनीसँग निकटता बढदै गयो । मायाको गहिराइमा डुब्दै जाँदा प्रेमोपहार स्वरूप रातो गुलाब स्वीकार गरेपछि त झन् मन् खुशीले चङ्गा भयो । प्रायजसो उनीसँगै बसेर मायाका मिठा मिठा कुराहरु गरेर दिन बित्दै गए । उनकै सम्झनामा दिन रातहरु हुइकिन थाले ।

एक अर्कालाई जीवनभर सँगै जिउने सँगै मर्ने बाचा कसम गरिसकेका थियौं । हामी एक अर्कासँग छुट्टिएर बस्न नसक्ने भयौ । एक दिन सँगै बसेको बेला फुलमतिले भनिन -“हाम्राे मायाको बारेमा घरमा थाहा पाएर मेरो बिहे गर्ने तयारी गर्दैछन्” भन्दै अगालोमा बाँधिएर रुन थालिन् ।

बुवालाई लगेर जब उनको घरमा पुगे, बेहुली बनेर उनी कसैकाे गालामा बरमाला लगाउँदै थिइन् ।

म पनि छागाबाट खसे जस्तै भए । तैपनि सम्हालिएर किन रुनु पर्यो, यो हाम्राे मायालाई छुटाउन कसैले पनि सक्दैन । हाम्राे अविरल यात्रा सँगै अघि बढ्नेछ । तिमी ढुक्क भएर बस । म कुरा गर्न बुवालाई लिएर तिम्रो घर आउछु । बुवालाई लगेर जब उनको घरमा पुगे, बेहुली बनेर उनी कसैकाे गालामा बरमाला लगाउँदै थिइन् ।

म स्तब्ध भए । पुरा संसार अँध्यारो जस्तै लाग्यो । एकछिन नियालेर हेरे उनको अनुहारको रङ्ग नै धूमिल देखें ।

आँसुको धारा चुहाउँदै फर्कदै गर्दा यस्तो आवाज सुने- “फुलमतीकाे भाग्य खै कस्तो हुने हो, धनि रहेछ भन्दै जबर्जस्ती केटा नहेरी दिए ।”


अङ्कुर चन्द
बेदकोट नगरपालिका 
कञ्चनपुर,सुदुरपस्चिम 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 426
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    426
    Shares