पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा महामारीप्रति चिन्ता व्यक्त (भिडियो सहित)


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार १३:३७ मा प्रकाशित     
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा महामारीप्रति चिन्ता व्यक्त (भिडियो सहित)

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै महामारीप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य राम्रो भएको जनाउँदै देशमा महामारीको रुपमा फैलिरहेको महामारीको कारण आफू चिन्तित रहेको बताएका हुन्। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।

“हामी दुवै स्वास्थ्यलाभको अवस्थामा छौँ । महामारीप्रति चिन्तित छौँ । यसलाई महामारी नियन्त्रण गर्नका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद दिन चाहन्छु । सुरक्षित, सावधान र स्वस्थ रहन अनुरोध गर्दछु ।”

उनले पूर्वरानी कोमल शाहसँगै उपस्थित भएर भिडियो सन्देश जारी गरेका छन् ।
भिडियो:  http://https://fb.watch/5Ujq5s6DuC/ 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 349
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    349
    Shares