नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दै


नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताईपेसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती-११ मा रहेका मनिष डाँगी र नवयुग श्रेष्ठलाई बेन्चमा राखिएको छ ।

आशिष लामा र सुनिल बलले सुरुवाती-११ मा मौका पाएका छन् ।

नेपाली टिम –

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर – सुमन लामा, पुजन उपरकोटी,सन्तोष तामाङ

फरवार्ड -अन्जन विष्ट, सुनिल बल, आशिष लामा