पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार १७:५२ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •