नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन् : डब्लुएचओ


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार १३:५१ मा प्रकाशित     
नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन् : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको थियाे।

बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले आफ्नो बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाली स्वरुप’ भनेर समाचार प्रकाशन गरेको थियाे । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

विश्व स्वास्थ्य संगठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ । कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 287
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    287
    Shares