हडताल गर्न नपाइने क्षेत्र घोषणा


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार ००:०० मा प्रकाशित     
हडताल गर्न नपाइने क्षेत्र घोषणा

काठमाडौं । जेठ १९
नेपाल सरकारले विभिन्न क्षेत्रलाई हड्ताल गर्न नपाइने क्षेत्र भनेर घोषणा गरेको छ ।
आज राजपत्रमा सूचना प्रकाशित गरी सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरु तोकेको छ ।

जारी सूचनाअनुसार बैंक, बीमा, अस्पताल, होटल, विमानस्थल, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन । राहदानी विभागबाट प्रदान हुने सेवा, मास्क सम्बन्धि सेवा, विद्युत् सेवा, बीमा सेवा, ह्यान्ड सेनिटाइजर सम्बन्धि सेवामा पनि हड्ताल गर्न पाइने छैन ।

सूचनामा सरकारले यी क्षेत्रलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरेको उल्लेख गरिए छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •