धनगढीमा ४० रुपैयाँ लुटेर हत्या गरिएको खुलासा !


[ss_social_share]
लेखक : लेखापढी      १९ जेष्ठ २०७८, बुधबार १४:५१ मा प्रकाशित     
धनगढीमा ४० रुपैयाँ लुटेर हत्या गरिएको खुलासा !

धनगढी बसपार्कमा गत बिहिबार मृत फेला परेका पुरूषको रकम लुटेर हत्या गरिएको खुलेको छ। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले ४ जनालाई पक्राउ गरिसकेको छ। 

बिहीबार धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित प्रतिक्षालयमा ती मृतक पुरूष रगताम्य अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा ४ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल,  डडेल्धुराको अमरगढी नगरपालिका स्थायी घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका ४ का २० वर्षीय अनिल कुवँर र कैलालीको घोडाघोडी नगरपालिका १ का १८ वर्षीय युवराज शाहीलाई रहेका छन्। 

उनीहरूले मृतक राति सुतीरहेको अवस्थामा  खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगि कुटपिट गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

ति ४ जना युवकको समूहले पालैपालो उनीमाथि कुटपिट गरेको र उनी बेहोस भएपछि छोडेर त्यहाँबाट युवकहरु भागेको फुटेजमा देखिएको छ। 

अहिले पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।मृतक युवकको पहिचान भने अझै खुल्न सकेको छैन। 

मृतक व्यक्तिको पहिचान खुल्न नसकेपछि प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तेष्टि गरिसकेको छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •