लघुकथा गान सार्वजनिक


[ss_social_share]
लेखक : लेखापढी      १९ जेष्ठ २०७८, बुधबार २०:०९ मा प्रकाशित     
लघुकथा गान सार्वजनिक

काठमाडौं । जेठ १९
आज हाम्रो लघुकथा पाठशाला फेसबुक पेजको आयोजनामा नेपाली लघुकथाका इतिहासमा पहिलो पटक निमार्ण गरिएको लघुकथा गान सार्वजनिक गरियो । भर्चुअल रुपमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हाम्रो लघुकथा पेजका व्यवस्थापक शेखरकुमार श्रेष्ठ एवम् सञ्चालन अर्का व्यवस्थापक पौडेल बिमुन्सले गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई पेजकी व्यवस्थापक शुभ शर्माले स्वागत गर्नुभएको थियो ।

लघुकथा गान हाम्रो लघुकथा पाठशाला पेजका व्यवस्थापक राजु क्षेत्री अपुरोको परिकल्पना, संस्थापक व्यवस्थापक लता केसीको व्यवस्थापनमा तयार भएको हो । उक्त गीतमा प्रथम भ्वाइस अफ नेपाल विजेता सिडी विजय अधिकारीको संगीत र स्वर साथमा मनिषा राईको स्वर रहेको छ ।

कार्यक्रमकी उद्घोषक पौडेल बिमुन्सले गीत सार्वजनिक गरेपछि कार्यक्रमका अतिथि एवम् सहभागीले अभिरुचिपूर्वक हेरेर खुशी व्यक्त गर्नुभएको थियो । आजको कार्यक्रमा शुभकामना मन्तव्यका साथै आफ्नो विचार प्रकट गर्ने अतिथिमा डा. पुष्करराज भट्ट, नारायण तिवारी, सुमन सौरभ, कल्याण पन्त, असफल गौतम, डा.भरतकुमार भट्टराई एवम् ध्रुव मधिकर्मी हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा गानको निर्माणप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली लघुकथाका क्षेत्रमा भएगरेका महत्वपूर्ण घटनाको चर्चा गर्दै लघुकथा गानको निर्माण नेपाली लघुकथाका लागि महत्वपूर्ण घटना मध्ये एक भएको विचार व्यक्त गर्नुभयो । प्रमुख अतिथि श्रेष्ठले कुनैपनि लघुकथाको कार्यक्रममा शुरु, मध्य र अन्तमा यस गानलार्ई बजाएर दर्शकलाई आकर्षित गराउन आग्रह गर्नुभयो । उहाँले आजको दिन (जेठ १९) लघुकथाको ऐतिहासिक दिन बताउनु भयो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •