संवैधानिक इजलासमा बरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गर्ने सहमति


[ss_social_share]
लेखक : लेखापढी      १८ जेष्ठ २०७८, मंगलवार १२:४९ मा प्रकाशित     
संवैधानिक इजलासमा बरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गर्ने सहमति

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहमत भएका छन् । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ ।

संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भए पछि आज सर्वोच्च अदलातका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच भएको बैठकमा सो सहमति जुटेको बताइएको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।

संवैधानिक इजलाशमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फिल्ट अफ इन्ट्रेस्ट् वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यस पछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो ।
यसका लागि सर्वोच्चको फुल बेन्चबाट पास गरी एक हप्ता भित्रै सो नियम परिवर्तन गर्ने सहमति भएको बताउनुभयो । पत्रकारहरूले आजको निर्धारित सुनुवाइको विषयमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफमा शाक्यले आजको इजलाश स्थगित हुन सक्ने बताउनुभयो ।
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •