गजल (रघुविर चन्द)


गजल (रघुविर चन्द)

चेतनाका बिर्का जब डुब्नै लागेका घाम भए
निराशाका बादल मात्रै मडारिने याम भए

मनका वह पोखिएर छताछुल्ल हुदैछन्
उडनै नदिई बचेरा को प्वाँख चुडने काम भए

मन मुटु सबले यहा बनाएर ढुङ्गा जस्तो
बेसुरले हिडीरहे सधैंभरी बदनाम भए

आसेपासे मुट्ठीभरले खायो सधै समृद्ध भै
सोझासाझा निमुखा चाही सधै ठण्डा राम भए

सदियौं दिलको सिंहासनमा राज गर्ने जन्मिएन
एकापसमा रीस, ईर्ष्या, द्वैष ले हराम भए 


रघुविर चन्द,
वेदकाेट, कञ्चनपुर