सरकार र थरुहट पक्षबिच सहमति


[ss_social_share]
लेखक : लेखापढी      १८ जेष्ठ २०७८, मंगलवार २३:५० मा प्रकाशित     
सरकार र थरुहट पक्षबिच सहमति

काठमाडौं । जेठ १८
नेपाल सरकार र थरुहट, थारुवान संघष समितिबिच आज ६ बुँदे सहमति भएको छ ।

आज भएको सहमति अनुसार टीकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी एवम् लक्ष्मण चौधरी लगायतका मानिसको मुद्दा फिर्ता र रिहाइका लागि संविधान एवम् कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ । सहमति अनुसार संविधानले थारु जनतालाई प्रदान गर्ने सेवा सुविधा राज्यका तर्फबाट प्रदान गरिनेछ ।

थारुवान आन्दोलनका क्रममा सहिद भएकालाई राहत प्रदान गर्ने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरूको उपचार गर्ने, आन्दोलनका क्रममा भएको धनजनको क्षतिको छानबिन गर्ने र क्षतिपूर्ति उपलब्ध गराउन प्रक्रिया अघि बढाउने सहमति भएको छ । यसरी नै थारुवान बहुल क्षेत्रमा प्राथमिक तहसम्म मातृभाषामा शिक्षा दिने,कमैया,कमलरीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय भएको छ । सहमतिमा संविधान संशोधनको आवश्यकता र औचित्यका आधारमा राजनीतिक दलहरूबीच सहमति कायम गरी विभिन्न समयमा विभिन्न राजनीतिक दल र समुदायका तर्फबाट उठाइएका विषयहरूलाई सम्बोधन गरिने पनि उल्लेख छ ।

सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट, थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुक्मिणी चौधरीको हस्ताक्षर छ । वार्ता टोलीमा सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी सदस्य थिए । त्यस्तै संघर्ष समितिका सदस्यमा प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •