धनगढीमा सैनिक फिल्ड अस्पताल सञ्चालन


[ss_social_share]
लेखक : लेखापढी      १७ जेष्ठ २०७८, सोमबार १३:५८ मा प्रकाशित     
धनगढीमा सैनिक फिल्ड अस्पताल सञ्चालन

धनगढी- कैलालीको धनगढीमा नेपाली सेनाले फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो। एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले सो अस्पतालको उद्घाटन गरेका हुन्। 

अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने नेपाली सेना स्रोतले जनाएको छ। सुदूरपश्चिममा कोरोनाका बिरामी बढेपछि सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम सरकारले आग्रह गरेको थियो।

अस्पतालबाट हाल जनरल वार्ड र ल्याब सम्बन्धी सेवा प्रवाह भइरहेको बताइएको छ। अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको हो।

सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोगसमेत गरेको छ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •