लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेय विजयी


लेखक : लेखापढी      १७ जेष्ठ २०७८, सोमबार २३:४७ मा प्रकाशित     
लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेय विजयी

दाङ । जेठ १७
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका छन् । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३६१२ मत पाए ।

कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो भने चन्द्रबहादुर खडकालाई नेकपा (एमाले) को समर्थन थियो ।

आजको भएको मतदानमा २९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये पाण्डेयले ११८ मत पाएका थिए भने एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ९४ मत ल्याएका थिए ।

प्रदेश सभाका ८३ मतमध्ये एक मत बदर भएको थियो । पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए ।