पण्डित मातादीन भारतीय स्वतन्ता संग्रामका कर्मठ अनि जुझारू कार्यकर्ता ः त्रिलोचन ढकाल


[ss_social_share]
लेखक : लेखापढी      १७ जेष्ठ २०७८, सोमबार २३:०२ मा प्रकाशित     
पण्डित मातादीन भारतीय स्वतन्ता संग्रामका कर्मठ अनि जुझारू कार्यकर्ता ः त्रिलोचन ढकाल

हरियाणा (भारत) । ३१ मे
मनुमुक्त मानव मेमोरियल ट्रष्टको आयोजनामा हिजो पण्डित मातादीन एवम् मूर्तिदेवी स्मृति समारोह सम्पन्न भयो । भर्चुअल रुपमा भएको सो समारोहमा भारत, नेपाल एवम् विभिन्न देशका लेखक, कलाकारले भाग लिएका थिए । आईबी का पूर्व सहायक निदेशक एवम् पटियाला पंजाबका वरिष्ठ कवि नरेश नाजको अध्यक्षतामा सम्पन्न भएको सो समारोहको सञ्चालन डा. पंकज गौडले गरेका थिए ।

डा. पंकज गौड़ले प्रार्थना–गीत प्रस्तुत गरेपछि पंडित मातादीनका सुपुत्र एवम् चीफ ट्रस्टी डा. रामनिवास ‘मानव’ ले कार्यक्रममा सहभागी अतिथि एवम् सहभागीको परिचय प्रस्तुत गरेका थिए । उनले आफ्नो परिवारले सन १९९९ देखि लगातार यस्तो कार्यक्रम आयोजना गरेको बताउँदै हरेक वष देशविदेशका विशिष्ट व्यक्तिहरूलाई २१ ह्जारको मातादीन मूर्तिदेवी स्मृति सम्मान प्रदान गर्ने गरिएको बताए । उनले एक दोहाका माध्यमबाट आफ्ना विचार यसरी प्रकट गरेका थिए–‘जीवन में जब भी मिले, खुशियां या अवसाद । अम्मा–बाबूजी सदा, रह–रह आए याद ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व कृषिमन्त्री एवम् साहित्यकार त्रिलोचन ढकालले पण्डित मातादीन एक जुझारु एवम् संघषशील स्वतन्त्रता सेनानी भएको बताउनु भयो । केंद्रीय हिंदी निदेशालय, भारत सरकार, नई दिल्लीका सहायक निदेशक डा. दीपक पाण्डेयले पण्डित मातादीनको विस्तृृत जीवन परिचय प्रस्तुत गर्दै उनी प्रजामंडल आंदोलनका प्रखर योद्धा, समर्पित समाजसेवी एवम् सुप्रसिद्ध लोकसाहित्यकार भएको कुरा राखे । इंडो–नार्वेजियन कल्चरल फोरम, ओस्लो (नर्वे) का अध्यक्ष तथा ’स्पाइल दर्पण’ पत्रिका का संपादक डा. सुरेशचंद्र शुक्लले नेताहरू एवम् पंडित मातादीन जस्ता लाखौं कार्यकर्ताको बलमा आएको भारतको स्वतन्त्रतापछि हुनुपर्ने जति प्रगति नभएकोमा चिन्ता व्यक्त गरे । आईबी का पूर्व सहायक निदेशक एवम् पटियाला पंजाबका वरिष्ठ कवि नरेश नाजले पण्डित मातादीनका स्वजनले गरेको कामको प्रशंसा गर्नाका साथै आफ्नो गीत पनि प्रस्तुत गरे ।

यस गोष्ठीमा कवि सम्मेलनको पनि आयोजना गरिएको थियो । जसमा सबै छ महाद्वीप र आधा दर्जन जति देशका कविहरूले साथ दिएका थिए । कार्र्यक्रममा डा. रमाकान्त शर्मा (भारत), डा. कमला सिंह (अमेरिका), आशा मोर (स्पेन), रेखा बिलंदानी (नाइजीरिया) रचना शर्मा (नेपाल), पुष्पलता आर्य (भारत) एवम् संजय पाठक (भारत) ले पनि कविता पाठ गरेका थिए । कार्यक्रममा विश्वबैंक, वाशिंगटन डीसी (अमेरिका) की अर्थशास्त्री डा. एस अनुकृति, विश्व बैंकका कंसलटेन्ट प्रो सिद्धार्थ रामलिंगम, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंको पत्रिका समकालीन साहित्य का सम्पादक डा. पुष्करराज भट्ट, पोर्ट अफ स्पेन (त्रिनिडाड) का हिंदीसेवी दिनेश मोर, मुंबई (महाराष्ट्र) को डिप्टी इनकम टैक्स कमिश्नर सुरेश कटारिया, आईआरएस, श्री श्याम महिला महाविद्यालय, भादरा (राजस्थान) का प्राचार्य डा. भीमसिंह सुथार, उत्तराखंड बाल–साहित्य संस्थान, अल्मोड़ा का अध्यक्ष तथा ’बाल–प्रहरी’ पत्रिका का सम्पादक उदय किरोला, हरियाणा साहित्य अकादमी, पंचकूला का पूर्व निदेशक डा. पूर्णमल गौड़, महेंद्रगढ़ जिल्लाका पूर्व जिला बालकल्याण अधिकारी विपिन शर्मा, मनुमुक्त ’मानव’ मेमोरियल ट्रस्ट की ट्रस्टी डा. कांता भारती का अतिरिक्त जबलपुर (मप्र) की डा. अंजना संजय, नरपतगंज (बिहार) का डा. जनार्दन यादव, नेरटी (हिमाञ्चल प्रदेश) का रमेशचंद्र मस्ताना, हरियाणा (हिसार)का डा. राजेश शर्मा र सुरेश सब्बरवाल एवम् नारनौलका डा. सत्यवीर ’मानव, डा. जितेंद्र भारद्वाज, कृष्णकुमार शर्माको विशेष उपस्थिति थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •