खेलकुद तर्फको बजेटमा वृद्धि, २ अर्ब ७४ करोड विनियोजन


लेखक : लेखापढी      १६ जेष्ठ २०७८, आईतवार ००:०८ मा प्रकाशित     
खेलकुद तर्फको बजेटमा वृद्धि, २ अर्ब ७४ करोड विनियोजन

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्रीले विष्णु प्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्तालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

 

सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट सिलिङ तोकेको थियो।

अर्थमन्त्री पौडेलले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।

मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा,दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला सम्पन्न गर्न आवश्यक बजेट छुट्टाईएको छ। झापामा बन्ने मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला २ वर्षभित्र संचालनमा आउने गरि निर्माण गरिने उनले बताए ।

पोखरा रंगशाला आगामी वर्ष भित्र निर्माण सम्पन्न हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सक्रिय खेलजीवनबाट निवृत खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको समेत उनले बताए ।

धनगढी, विरेन्द्रनगर, नेपालगंज, विरगंज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइने र हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए ।

आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माणका लागि समेत बजेट छुट्टयाइएको उनले बताए ।

High altutude sport center:
सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकमको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए । 

खेलकुद बजेटको पूर्णपाठ –

No description available.

No description available.

No description available.

No description available.