लुम्बिनीका चार जसपा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने


[ss_social_share]
लेखक : लेखापढी      १६ जेष्ठ २०७८, आईतवार २०:२३ मा प्रकाशित     
लुम्बिनीका चार जसपा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने

दाङ । वैशाख १६
जनता समाजवादी पार्टीका चार प्रदेश सभा सदस्यले भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

आज बसेको निर्वाचन आयोगको बैठकले उनीहरूलाई पूरक मतदाता मतदाता नामावलीको रुपमा समावेश गर्ने निर्णय गरेपछि उनीहरुले मतदान गर्न पाउने भएका हुन् । जसपाका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएका छन् ।

मुख्यमन्त्री शंकर पोख्रेलले विस्तार गरेको प्रदेश मन्त्रीमन्डलमा समावेश भएपछि जसपा उपेन्द्र यादव पक्षले चार जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको थियो । प्रदेश सभाले उनीहरुको पद गुमेको सूचना जारी गरेको थियो पछि सर्र्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेर उनीहरूको पद जोगाएको थियो ।

भोलि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार बनेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •