बिप्लबद्वारा १४ पार्टीको बृहत मोर्चा गठन, ओलि नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको दाबि (बिज्ञप्तिको पूर्ण पाठ)


लेखक : लेखापढी      १६ जेष्ठ २०७८, आईतवार १४:४१ मा प्रकाशित     
बिप्लबद्वारा १४ पार्टीको बृहत मोर्चा गठन, ओलि नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेको दाबि (बिज्ञप्तिको पूर्ण पाठ)

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ । 

मोर्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् । सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं । मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!