स्व. रवीन्द्र अधिकारी स्मृतिमा राखिने सुकेटार विमानस्थलको नाम प्रति योगेश भट्टराईको आपत्ति


[ss_social_share]
लेखक : लेखापढी      १६ जेष्ठ २०७८, आईतवार १३:४७ मा प्रकाशित     
स्व. रवीन्द्र अधिकारी स्मृतिमा राखिने सुकेटार विमानस्थलको नाम प्रति योगेश भट्टराईको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम छलफल गरेर मात्र राख्न सुझाव दिएका छन् ।

हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएमा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा नाम राख्ने चर्चा चलिरहेका बेला भट्टराईले आपत्ति जनाएका हुन् । उनले सहमतिका साथ नराखिए विवाद र तनाव झेल्नुपर्ने चेतावनी पनि दिएका छन् । 

“ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा, विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ,” उनले भनेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •