प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ मंगलवार


प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ मंगलवार

काठमाडौं । जेठ १६
प्रतिनिधि सभा विघटनको मुद्दा पर्सि मंगलवारका लागि सरेको छ । आइतबारको बहसमा ती मुद्दाहरूको बहस नसकिएकोले मंगलबार सुनुवाइ हुने भएको छ ।

आज रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासका न्यायाधिशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भनेर आपत्ति जनाएका थिए ।

यस विषयमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अभिवक्ताहरूबिच बहस भएको थियो । विवादित न्यायाधिश श्रेष्ठ र केसी संवैधानिक इजलासमा बस्ने या नबस्ने बारेमा भोलि निर्णय हुने र त्यसपछि मुद्दाको सुनुवाइ हुने देखिन्छ ।