दुर्गा प्रसाईंको उपचार सहयोग आवश्यक छैन: उज्जल थापाको परिवार


लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार १५:१३ मा प्रकाशित     
दुर्गा प्रसाईंको उपचार सहयोग आवश्यक छैन: उज्जल थापाको परिवार

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचारको लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो।  हाल उज्जल थापाको परिवारले उक्त सहयोग आवश्यक नपर्ने जनाएको छ।

हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने थापाको परिवारजनका तर्फबाट शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रसाईँले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो।
‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’, थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन्।  यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा  ECMO प्रविधिबाट उनको उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!