”राजनीति”


लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार ०९:४१ मा प्रकाशित     
”राजनीति”

यो राजनीति, कुटनीति, झुठ नीति जस्तो रैछ ।
भन्ने यौटा गर्ने अर्को साँचो हैन मिथ्या रैछ ।।
यो नीतिमा ईमान र सत्य निष्ठा हुन्न रैछ ।
बेइमान, छल, धोका, जालझेल हुने रैछ ।।

असलले राजनीति गर्ने कैल्यै हैन रैछ ।
यो त यौटा कम्सलले खेल्ने झेली खेल रैछ ।।
चुनावका उच्च गीत साँच्चै लाग्थ्यो हैन रैछ ।
खास भन्दा झंकार र स्वर यन्त्र मात्र रैछ ।।

विपुलको उपाधिमा दौलतकै खेल रैछ ।
जेजे भन्दा काम हुन्छ त्यही त्यही गर्ने रैछ ।।
विभोर भै लाभ लिन चाकडीको सिंढी रैछ ।
सोझोमन निरीहले चाह राख्नु ब्यर्थ रैछ ।।

बोल्यो प्रात यौटा कुरा मध्यान्नमा अर्कै रैछ ।
बेलुका झन् उन्मादले गमक्क भै धाक रैछ ।
भ्रस्टाचार नस्ट गीत भावयुक्त कला रैछ ।
लोक बिच साखुले भै लाज छोपि रेस रैछ ।।

निर्विकल्प भन्ने नीति जनहित हैन रैछ ।
सुविधा र औसरमा अचुकको मेल रै छ ।।
अमेलमा छुचो भइ नीचताले बोल्ने रैछ ।
नूतन या जीर्ण सव औकात त उस्तै रैछ ।।


रह शर्मा
चितवन


(रह शर्माको बसोबास चितवनमा रहेको छ । शर्मा साहित्यिक, सांस्कृतिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!