कसरि बधाई दिने तिमीहरुलाई
न ओकल्न मिल्ने, न थुक्न मिल्ने,
गणतन्त्रलाई गलगाड तन्त्र बनायौ !
मिलेका पार्टी फुटाउदै हिडेका छौ,
जनता बीच कटुता, द्वैषको बिजारोपण गरेका छौ !
दसकौ संगै बसी युद्ध लडेकाहरु अहिले
आपसमै घाटि रेट्न प्रतिस्पर्धामा छौ।
सिमित शक्ति स्वार्थको लागि देश टुक्र्याउन,
चिरा पार्न निर्धक्क- निर्लज्ज हिडेका छौ !
चुनाबी जितका लागि विदेशीलाई नागरिकता बाड्ने
संबिधान तिमीले ल्याएका छौ ।
हे कायर, नपुंशकहरु आखिर कहिले सम्म ?
छिमेकीहरु चन्द्रमामा पुगीसके,
तिमीहरु कुर्सीमोहमा चिप्किरहने ?
नदीनाला, सिमारेखा बेच्दै शासन गर्ने ?
सक्दिन बधाई दिन तिमीहरुलाई,
गणतन्त्रलाई गलगाड तन्त्र बनायौ !
मार्क्स- लेनिन चिनेका, पढेका तिमीहरु,
नेपाल बनाउने पृथिबीनारायणलाई चिनेनौ!
कालु पांडे, भिमसेनका रगतले
सिन्चिएका भु-भाग,
शाह-राणाहरुले निर्माण गरेका दरबारमा
शासन गर्दै मातृभूमि
लिलामीको ब्यापार कहिलेसम्म ?
फर्काइदेऊ मेरै पुरानो नेपाल
चाहिएको छैन जंगली शासनतन्त्र
सक्दिन बधाई दिन तिमीहरुलाई,
गणतन्त्रलाई गलगाड तन्त्र बनायौ !!