देशमा अक्सिजन छैन


लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार १३:४९ मा प्रकाशित     
देशमा अक्सिजन छैन
देशमा अक्सिजन छैन
कठै !!
यता दाैड्याे,
उता दाैड्याे,
हार गुहार माग्याे –
हात जाेड्याे , पाउ पड्याे ,
एक सिलिन्डर अक्सिजनकाे लागि,
अस्पतालकाे भुँइमा तड्पिरहेछ बिरामी ,
छातिमा हुटहुटि आएर ,
भट्किरहेछ छाति –
निरन्तर –
बाँच्ने कि मर्ने दोसाँधमा –
आफन्तहरु छन् –
अस्पतालहरु छन् –
देश छ – सरकार छ-
पैसा छ-
तर अक्सिजन सिलिन्डर छैन –
कस्तो विडम्बना ,
हुतिहारा सरकार के हेरेर बसेकाे छ ?
स्वार्थी र पापी नेताहरु के गरेर बसेका छन् ?
देशमा जनता मरिरहेका छन-
नेताहरु रमिते बनेर,
कुर्सीकै खेलमा लागि रहेछन् –
थुइक्क-
लाज पचाएर बाँचेका नेताहरु-
यस्तो समयमा पनि-
जनताका लागि-
राहतका कार्यक्रम ल्याएर-
स्वास्थ्य सुरक्षा गर्न सकेनाै,
न त आत्मियता  र  आश्वासन  न‌ै –
बाड्न सक्याै ,
जनता राेग, भाेक र शाेकले मरिरहेछन –
याे विषम परिस्थितिमा-
तिमीहरू मूकदर्शक बनिरहेछाै ।

तिमीहरू मूकदर्शक बनिरहेछाै ।


अशोक बोहरा असिम


(कैलाली जिल्लाको दुर्गौलीका स्थायी बासिन्दा अशोक बोहरा असीम हाल टीकापुर, कैलालीमा बसोबास गदै शिक्षण सेवामा कार्यरत छन् । उनले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने गरेका छन् । टीकापुर, कैलालीमा रहेर साहित्यिक गतिविधिमा सक्रिय बोहराले वर्तमान  स्वास्थ्य संकट र मानवीय पीडालाई व्यक्त गरेका छन् ।)
100% LikesVS
0% Dislikes
Spread Your Love !!!