आज गणतन्त्र दिवस: नेतामुखी हैन नितिमुखी ब्यबस्था चाहियो !


[ss_social_share]
लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार १४:४८ मा प्रकाशित     
आज गणतन्त्र दिवस: नेतामुखी हैन नितिमुखी ब्यबस्था चाहियो !
नेपालमा २४० बर्ष देखिको राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको पनि १३ बर्ष भईसकेछ । गणतन्त्र आएपछि त देशले एउटा ट्रयाक लिएर सबै जनताहरुको राज्यसंग सिधा पहुंच होला र सबै जनताहरुले बास्तविक ब्यबस्था आएछ भन्ने अनुभव गर्न पाउलान् भन्ने लागेको थियो तर १३ बर्षमा सोचेजस्तो जनतामा परिवर्तन देखिएन ।
नेतामुखी हैन नितिमुखी ब्यबस्था हुन जरुरी छ । गणतन्त्रमा  गरिब, निमुखा तथा उपेक्षित बर्गलाई हेरियोस्…
यस बिचमा देश संघियतामा गयो अनि राज्यले धेरै नेताहरु जन्मायो । तर राज्य सञ्चालन गर्नेहरु जनताका बास्तविक सेवक हुन सकेनन् । उल्टै शासक बन्न पुगे । जुन ब्यबस्थामा पनि हुने खाने बर्गको नै पहुच देखिंदा हुदा खाने वर्ग अर्थात् श्रमिक वर्ग ले गणतन्त्र को आभास नै पाउन सकेन ।राज्यले श्रमिक बर्गका लागि घोषणा गरिएका कार्यक्रमहरुमा सधै पुजिपति वर्गकै वर्चस्व रहन गयो । सम्बन्धित निकायमा आवाज उठाउदा कार्यान्वयन गर्ने सवालमा राज्य नै कमजोर देखियो । त्यसैले मजदुरले लडेर ल्याएको गणतन्त्रमा मजदुर नै पिडित हुन पुगिरहेका छन् । हामीले खोजेको गणतन्त्रमा जनतालाई गास, बास र कपास सजिल‌ै ब्यबस्थापन होस्, विरामी पर्दा निशुल्क उपचार होस्, शिक्षा निशुल्क होस्, सबैले रोजगारीको अवसर पाउन्, कानुनले कसैलाई विभेद नगरोस्,सबै क्षेत्रका जनताले यातायात को सुविधा निशुल्क पाउन्, बिधुत, ग्यांस तथा तेल- मट्टितेलको सहज पुर्ति होस्, सबैले समान ज्याला पाउन्, योग्यता र क्षमताको मुल्याङ्कन होस्,बिकास-निर्माणले तिब्रता पाओस्, आयातित ब्यापारलाई कम गर्दै निर्यात बढाउन देशमै उत्पादन बढाई जनता आत्मनिर्भर बनुन् आदि ।
यसबाट के निष्कर्ष निस्कन्छ भने हामीले ब्यबस्था परिवर्तन गरेर मात्र हुने रहेनछ । सबैको सोचमा परिवर्तन हुन पर्ने रहेछ । हामीले पात्र परिवर्तन गरेर मात्र हुने रहेनछ । सबैको पबृत्तिमा परिवर्तन हुनुपर्ने रहेछ । राजनिति गर्नेहरुले सेवाको भावनाबाट प्रेरित हुनपर्नेमा पेशाको भावना लिएर अघि बढ्दा पनि गणतन्त्रको बास्तबिक आभास जनतामा पर्न नसकेको हो भन्ने लाग्दछ । तसर्थ संविधानको मर्म र भावना अनुसार बुदागत रुपमा कानुन कार्यान्वयन गर्ने दर्हो राज्यप्रणाली र त्यसबाट ब्यक्ति धनि बन्ने हैन देश धनी बनाउने योजना सहितको सक्षम  नेतृत्व जनताबाट नै चुन्ने ब्यबस्था हुनुपर्दछ । अनि मात्र जनताले बास्तबिक गणतन्त्र को आभास पाउन सक्छन् । त्यसैले नेतामुखी हैन नितिमुखी ब्यबस्था हुन जरुरी छ । गणतन्त्रमा  गरिब, निमुखा तथा उपेक्षित बर्गलाई हेरियोस्..
ब्यबस्था फेरिए जस्तै राजनैतिक संस्कार पनि फेरियोस्..
लोकतन्त्रलाई लुटतन्त्र र गणतन्त्रलाई छाडातन्त्र को रुपमा बुझेर ब्यबहार गर्नेहरुलाई अनुशासन को दायरामा ल्याईयोस्…
सुखी नेपाली,समृध्द नेपाल को महान् अभियान मा सरिक हुन सबै नेपालीहरुलाई प्रेरणा मिलोस्!
स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण नेपालीहरुलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना !

तीर्थ सुबेदी
मन्थली १ रामेछाप
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •