दुई लघुकथा : लोग्ने, माफी


[ss_social_share]
लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार १५:४६ मा प्रकाशित     
दुई लघुकथा : लोग्ने, माफी

लोग्ने

८० कटेका वृद्ध सासुससुरा बाटोतिर हेरेर बसिरहनु भएको रहेछ । बुहारी कतिखेर आउछे अफिसबाट भनेर । नजिकै पुग्ने बितिकै सोधे “आज खाजा के खानुभयो त ?”

आमाले नराम्रो मुख लगाउदै भन्नुभयो “आज काम गर्ने बहिनीनै आईनन्, के खानु र ? बुबालाई चिया बनाएर दिए त्यति हो । सबै भाँडा जुठो रहेछ ।”

दिउँसो जुठोचुलो गरेर बुबाआमालाई खाजा पनि पकाएर खुवाउने शर्तमा काम गर्ने विश्वासिलो घर नजिकैको बहिनी खोजेर राखेको कस्तो धोका दिएको होला भन्ने सोच्दै हतारहतार खाजा ओटस् बनाएर बुबाआमालाई दिएँ ।

उनी त भुईँमा रक्ताम्य डङरङ्ग लडिरहेको देखेँ । त्यहीँबाट जोडले कराएँ । छिमेकीहरू जम्मा भए ।

यस्तो त कहिल्यै गर्दिन थिई । केही काम परे मलाई फोनबाटै जानकारी गराउँथी । यस्तै सोच्दै उनको घर गएँ । ढोका लागेको रहेनछ, बिस्तारै ढोका घचेटे । उनी त भुईँमा रक्ताम्य डङरङ्ग लडिरहेको देखेँ । त्यहीँबाट जोडले कराएँ । छिमेकीहरू जम्मा भए । सबैजना मिलेर बल्लतल्ल नजिकैको क्लिनिकमा लग्यौं । गाउँकै अहेब भाइको क्लिनिक भएकोले उहाँले अवस्था हेरेर आत्तिनु नपर्ने, टाउकामा बाहिरी चोट लागेको, रगत अलिअलि बगेको हुनाले प्राथमिक उपचार गरेर १–२ बोतल स्लाईन दिनुपर्छ भन्नुभयो ।

ल है केके गर्नुपर्छ, गरिदिनु । म यिनको बुढालाई खोज्न मान्छे पठाउँछु भन्दै बाहिर निस्के । छिमेकीहरूसँग सोधपुछ गरे । वृद्धावस्थाका सासू ससुरालाई बेलैमा खाना खुवाउनु पर्ने हुनाले घर गएँ ।

दुई घन्टा जति पछि अहेब भाईलाई फोन गरेँ । उनको बुढाले आएर लगे । “आत्तिनु पर्दैन दिदी ।” भने । भोलिपल्ट बिहानै गएर कसरी हिजो त्यस्तो भयो भनेर सोधेको केही बोल्न सकिनन् । “ल भैगो, आराम गर्नु ठिक भएपछि कुरा गरौँला ।” भन्दै घरतिरै लागेँ । एक हप्ता अफिस र घर मुस्किलले धानेँ ।

छोराछोरी भएनन् भन्ने (बुढाको नै सन्तान नहुने ।) र अर्काको घरको काम गरेर मेरो ईज्जत बेचिस् भन्ने ।

एक हप्ता पछि ती बहिनी निको भएर आइन् । कुरो बुझ्दा बुढाले पछाडिबाट चिर्पट दाउराले हानेका रहेछन । २ वटा समस्या रहेछ उनीहरुको बिचमा । छोराछोरी भएनन् भन्ने (बुढाको नै सन्तान नहुने ।) र अर्काको घरको काम गरेर मेरो ईज्जत बेचिस् भन्ने । मैले भनेँ “बहिनी ! त्यस्तो रहेछ भने किन त्यसैसँग बसिरहनु पर्यो त । रातदिन कुटाई खाएर ?”

“ओैषधीको खर्च पनि उसले नै त गर्यो नि दिदी । जे भएपनि लोग्ने भनेको लोग्ने हो ।”

माफी

“हेलो दिदी नमस्कार, कता हुनुहुन्छ, सन्चै ?”

“सन्चै छौ, नानी ! अस्पतालमा तिम्रो भाईको छोरी जन्मिएकोले तिम्रा फुफाजु र म सँगै आईपुगेको भरखर ।”

“ए ! ल बधाई छ हजुरहरु सबैलाई, बुहारीलाई कहिले भर्ना गरेको थियो नि ? मलाई त थाहै थिएन ।”

म पनि आउँछु नि ज्वाईंलाई लिएर । आज शनिवार ज्वाइँ घरमै हुनुहुन्छ ।

“हिजो राति तिम्रा भाइ र बहिनीले लिएर आएका । बिहानै नानी जन्मी भनेर फोन गरे । कहिले देखौं जस्तो भएर खाना बनाएर लिएर आइहालेको, यताउता फोन गर्न लागेपछि ढिलो हुन्छ, फेरि यस्तो समयमा बाहिरको खानाभन्दा आफ्नै घरको खाना राम्रो हुन्छ भनेर नि नानी । बहिनीले सबैलाई फोन गर्नुभन्दा फेसबुकमा फोटो खिचेर पोस्ट गरिदिन्छु भन्दैथिई ।”

“ठिक गर्नुभयो दिदी हजुरले । पहिला रोगी, वृद्ध, सुत्केरीको हेरविचार गर्नुपर्छ, बाँकी त पछि पनि भइहाल्छ नि । हजुरहरू कति बेलासम्म बस्नुहुन्छ अस्पतालमा ? म पनि आउँछु नि ज्वाईंलाई लिएर । आज शनिवार ज्वाइँ घरमै हुनुहुन्छ । केही ल्याउनुपर्छ कि घरबाट ?”

“त्यस्तो त केही पर्दैन । दिउँसो सम्म पुग्नेगरी सबै कुरा ल्याएको छु । अलि ढिलो गरी बेलुकीलाई ज्वानो र चाम्रे लिएर आउ न । तिमीले पकाएको बुहारीलाई मन पर्छ । ल ! राखेँ है फोन, नानीलाई बोकेकी छु ।

फूफु–भदैको यति कुराकानीपछि शनिबारको लागि साँचिएका कामधन्दा छिनेर भदै र ज्वाइँ अस्पताल पुग्दा करिब ५ बजिसकेको छ । भदैले बच्चालाई फुफुको काखमै परैबाट हेरेर ओहो ! मेरी पनि भदै कति राम्री ! उज्यालो अनुहार बनाएर नातिनी काखमा लिएर मख्ख परेर बस्नुभएकी दिदी एकाएक कालोमुख लगाएर आसुँ खसाएर रुन थाल्नुभयो ।

“किन रुनु भएको हजुर के भयो ?”

बुवाले चिठ्ठी पढेर मलाई तिम्रो दाजुको छोरी जन्मिछ, घरमा लक्ष्मी आइछन् भन्नूभयो तर म भने दौडेर आमा ! आमा ! कराउँदै आमा दाजुको त छोरी जन्मिएछ भनेँ ।

“नानी ! आज म तिमीलाई देखेर रोएकी, तिमी जन्मँदा म चौध वर्षकी मात्रै थिए । अहिलेको जस्तो फोन थिएन, दाजुले छोरी जन्मी भनेर पठाउनु भएको चिठ्ठी तिमी जन्मिएको सात दिनपछि हुलाकीले ल्याएर मेरो हातमा दियो । मैले लगेर बुवालाई दिएँ । बुवाले चिठ्ठी पढेर मलाई तिम्रो दाजुको छोरी जन्मिछ, घरमा लक्ष्मी आइछन् भन्नूभयो तर म भने दौडेर आमा ! आमा ! कराउँदै आमा दाजुको त छोरी जन्मिएछ भनेँ । अनि भुईतिर फर्केर तीन पटक थुके । थुक्क छोरी ! थुक्क छोरी ! थुक्क छोरी । त्यसपछि आमाले त्यस्तो गर्नुहुन्न,छोराछोरी बराबर हुन् भनी सम्झाउनु भयो । आज मलाई नातिनी काखमा राख्दा भएको खुसी महसुस गरेर, त्यस दिनको संम्झना आएर र आफ्नो बुद्धि सम्झेर रोएको नानी मलाई माफ गर है । माफ गर है ।”


वन्दना घिमिरे


(वन्दना घिमिरे समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा  सक्रिय नारी हस्ताक्षर हुन् । उनी हाल भक्तपुरमा बसोबास गर्दै शिक्षण पेशामा आबद्ध छिन् । उनका यी लघुकथामा नारी सम्वेदनाका विभिन्न पक्ष उजागर गरिएको छ ।)

83% LikesVS
17% Dislikes
Spread the love !
  • 491
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    491
    Shares