आईपीएलको बाँकी खेल युएईमा हुने


लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार २२:३६ मा प्रकाशित     
आईपीएलको बाँकी खेल युएईमा हुने

 ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएको छ । बीसीसीआईले शनिबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु युएईमा हुने जनाएको छ ।

कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो। तर, बीसीसीआईले सेप्टेम्बर देखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ । बीसीसीआईले मिति भने घोषणा गरेको छैन । 

तर,  बीसीसीआईले बाँकी रहेको ३१ खेलहरु २५ दिन भित्र सक्ने योजना बनाएको छ ।प्रतियोगिता स्थगित हुनु अघिसम्म दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!