आज ४ बजे बजेट सार्वजनिक हुँदै, आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


लेखक : लेखापढी      १५ जेष्ठ २०७८, शनिबार ०९:१८ मा प्रकाशित     
आज ४ बजे बजेट सार्वजनिक हुँदै, आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो ।

वजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!