प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १२:३६ मा प्रकाशित     
प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार आज साँझ बालुवाटारबाट राष्ट्रको नाममा समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते केन्द्रीय सरकारको वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । तर यस पटक प्रतिनिधिसभा कायम नरहेको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । बजेट आउने दिनको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •