संसद विघटन मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरू


लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १२:४२ मा प्रकाशित     
संसद विघटन मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रतिनिधिसभाको विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाइका लागि न्यायाधीशहरु दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई,तेजबहाजुर केसी, बम कुमार श्रेष्ठ छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!