प्रभु


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार ०८:४८ मा प्रकाशित     
प्रभु

के हो प्रभु भनिदेउन लौ
कोरोना नै पाण्डव हो र ?
कहिले झाडापखाला कहिले क्षयरोग
कहिले एचआइभी पोजेटिभ भै
विनाशका कारणमा कहिले भुँइचालो भै
के साँच्चै यी मानब संहार नाम हुन ?
प्रलय कुनै ठुलो नभै यि नै हाम्रा कारण हुन ?
बताइ देउन प्रभु मेरो सामु प्रकट भै ।
म पनि एक पटक अनुभव गरुँ
कृष्ण र अर्जुनको सम्बन्धझैं
हेर प्रभु ! यहाँ मानव रावणको दशामा छ
बल्ल बल्ल कमाएका यश र वैभव
पानीले सब बगाएको छ
रावणले गरेको युद्धको त्यो जिद्दीझै
धन र सत्ताको प्रयत्न अहिले पनि जारी छ
कहिले ढल्ने हो भूमिमा, तैपनि युद्ध जारी छ
तैपनि थरथरे, उठासको अनुभव समेत गर्दैन त्यो
म र मेरा ती बाहेक साइनो अरु जान्दैन त्यो
अहिले मलाई बताइ देउन प्रभु
मानव र दानवमा फरक के नै भो
मलाई लाग्छ, प्रलय भनेको यही नै हो ।


इन्दिरा ढकाल

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •