पछिल्लाे २४ घण्टामा ६,९५१ काेराेना सङ्क्रमित थपिँदा ९,८४१ कोरोनामुक्त, ९६ को मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १६:१८ मा प्रकाशित     
पछिल्लाे २४ घण्टामा ६,९५१ काेराेना सङ्क्रमित थपिँदा ९,८४१ कोरोनामुक्त, ९६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन्  भने ९,८४१ जना काेराेनामुक्त भइ निकाे भएका छन् । लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •