कञ्चनपुरको वेदकोट नगरपालिकामा कोभिड अस्पताल स्थापना


कञ्चनपुरको वेदकोट नगरपालिकामा कोभिड अस्पताल स्थापना

 कंचनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा कोभिड अस्पतालको उद्घाटन गरिएको छ। शुक्रबार नगरपालिकाका प्रमुख अशोक चन्दले अस्पतालको उद्घाटन गरेका हुन्।

१६ शय्याको सो कोभिड अस्पतालमा एक जना एमबीबीएस डाक्टर र दुई जना नर्स परिचालन गरिएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बताइन्।

कोभिड अस्पताल नगरपालिकाको वडा नम्बर ३ स्थित सामादैजिमा स्थापना गरिएको छ। आजबाट नै कोरोना भाइरस संक्रमित बिरामी राख्ने गरी तयारी भइसकेको बताइएको छ। 

नगरपालिकाका अनुसार दोस्रो चरणको कोरोनापछि नगरपालिकामा ३७४ जना संक्रमित भइसकेका छन्। तीमध्ये २४३ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भएको तथ्यांक छ।