गणतन्त्र दिवस तीन दिन सम्म मनाइने: कञ्चनपुर


लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १४:११ मा प्रकाशित     
गणतन्त्र दिवस तीन दिन सम्म मनाइने: कञ्चनपुर

कञ्चनपुर- कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ। जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवम् सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवम् ब्यानर सजाई कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ। 

जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ। सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ। 

गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ। कार्यक्रम गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिने बताइएको छ।
-रासस 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!