लेखकहरूद्वारा नागरिकता अध्यादेशको विरोध


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार २०:१० मा प्रकाशित     
लेखकहरूद्वारा नागरिकता अध्यादेशको विरोध

काठमाडौं । जेठ १४
प्रगतिशील लेखक संघमा आबद्ध ६४ सल्लाहकार, केन्द्रीय पदाधिकारी एवम् पार्षदहरुले सरकारले अध्यादेश मार्फत ल्याएको नागरिकता विधेयकप्रति आपत्ति जनाएका छन् । उनीहरूले वर्षौदेखि संसदमा विचाराधिन नागरिकता ऐन पारित हुन नसकिरहेको अवस्थामा संसद भङ्ग गरी अध्यादेशमार्फत नागरिकता ऐन जारी गर्नुले सरकारको नियतमाथि नै संशय उत्पन्न भएको बताएका छन् ।

लेखकहरूले नागरिकताजस्ता विषय अध्यादेशमार्फत जारी गरिँदा गलत नजीर बस्न सक्ने र नागरिकता वितरणमा पनि सर्वस्वीकार्यता नरहनसक्ने हुनाले हामी सरकारद्वारा जारी भएको यो अध्यादेश फिर्ता लिन माग गर्दछौं भनेका छन् ।

प्रेस वक्तव्य
हालै नेपाल सरकारद्वारा जारी गरिएको नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश–२०७८ प्रति हामी प्रगतिशील लेखक सङ्घमा रहेका निम्न सल्लाहकार, केन्द्रिय सदस्य तथा पार्षदहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

कुनै पनि देशको संविधानमा प्रावधान गरिने नागरिकतासम्बन्धि ऐन सोझै राष्ट्रियतासँग जोडिने विषय हो । देशको वास्तविक भूमिपुत्रले पनि सहज ढङ्गले नागरिकता प्राप्त गर्न नसकिरहेको अवस्थामा हामीकहाँ खासगरिकन तराईमा यस सम्बन्धी समस्या रहेको कुरा यथार्थ हो । बर्षौदेखि संसदमा विचाराधिन नागरिकता ऐन पारित हुन नसकिरहेको अवस्थामा संसद भङ्ग गरी अध्यादेशमार्फत नागरिकता ऐन जारी गर्नुले सरकारको नियतमाथि नै संशय उत्पन्न भएको छ । नागरिकताजस्ता विषय अध्यादेशमार्फत जारी गरिँदा गलत नजिर बस्न सक्ने र नागरिकता वितरणमा पनि सर्वस्वीकार्यता नरहनसक्ने हुनाले हामी सरकारद्वारा जारी भएको यो अध्यादेश फिर्ता लिन माग गर्दछौं ।

नेपालको नागरिकता सम्बन्धी नीति थप खुकुलो बनाउन भारतले लगातार नेपालमाथि दबाब दिँदै आएको छ । नेपालको राजनीतिक सङ्कटको फाइदा उठाएर भारतले ओली सरकारलाई प्रयोग गरेर गैह्र नेपालीहरूलाई नागरिकता प्राप्त गर्न बाटो अध्यादेशद्वारा खोल्न सफल भएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेका छन् । देशको राष्ट्रियतालाई नै गंभीर आघात पुग्ने नागरिकताजस्तो विषयलाई अध्यादेशबाट पारित गर्न खोज्नु अधिनायकवादी शैली हो । बाह्य शक्तिलाई खुशी पार्न जारी गरिएको अध्यादेशले मुलुकलाइ फिजीकरणतर्फ जानसक्ने संभावनालाई पनि नकार्न सकिन्न । हामी देशको राष्ट्रियता, सम्प्रभुतामाथि हुन सक्ने यस्तो कुनै पनि किसिमको कदमको घोर आपत्ति प्रकट गर्दछौं । अतः सरकारद्वारा जारी भएको अध्यादेश तुरन्त फिर्ता लिन जोडदार माग गर्दै जारी नागरिकता अध्यादेशको खारेजीका लागि चल्ने न्यायपूर्ण आन्दोलनहरुप्रति ऐक्यवद्धता प्रकट गर्दछौं ।

प्रलेससम्बद्ध ६४जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–
१. गोपीरमण उपाध्याय, उपाध्यक्ष
२. समीर सिंह, महासचिव
३. प्रकाश थापामगर, सचिव
४. बाबुराम आचार्य, सचिव
५. मातृका पोखरेल, सल्लाहकार
६. डा. अमर गिरी, सल्लाहकार
७. रामप्रकाश पुरी, सल्लाहकार
८. डा. बिन्दु शर्मा, सल्लाहकार
९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार
११. आरएम डङ्गोल, सल्लाहकार
१२. मिश्र बैजयन्ती, सल्लाहकार
१३. डा. पुष्करराज भट्ट, सल्लाहकार
१४. इन्द्र रेग्मी, सल्लाहकार
१५. भेषमान गिरी, सल्लाहकार
१६. डा. गोविन्द आचार्य, सल्लाहकार
१७. तेजेन्द्र प्रसाई, सल्लाहकार
१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य
२१. जनक रसिक, सचिवालय सदस्य
२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य
२३. इन्द्र लामा, केन्द्रीय सदस्य
२४. नारायण मरासिनी, केन्द्रीय सदस्य
२५. बम बानियाँ, केन्द्रीय सदस्य
२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य
२७. मिन राना, केन्द्रीय सदस्य
२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
३०. राजेश विक, केन्द्रीय सदस्य
३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य
३२. जीवन शाही, केन्द्रीय सदस्य
३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
३४. कमल कार्की, केन्द्रीय सदस्य
३५. पुरु लम्साल, केन्द्रीय सदस्य
३६. डा.बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
३७. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
३८. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
३९. बोधकुमार घिमिरे, परिषद् सदस्य
४०. सुवास खनाल, परिषद् सदस्य
४१. सुवास रिजाल, परिषद सदस्य
४२. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
४३. कौशिला रिसाल, परिषद् सदस्य
४४. सुभास जिसी, परिषद् सदस्य
४५. हेमराज आश्रम, परिषद् सदस्य
४६. विजय राणा, परिषद् सदस्य
४७. बिनु केसी, परिषद् सदस्य
४८. केशवनाथ योगी, परिषद् सदस्य
४९. राम बसु, परिषद् सदस्य
५०. ऋतु केसी, परिषद् सदस्य
५१. ध्रुव गिरी, परिषद् सदस्य
५२. धर्मराज दानी, परिषद् सदस्य
५३. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य
५४. जगत् वाशिष्ठ, परिषद् सदस्य
५५. बाबा बस्नेत, परिषद् सदस्य
५६. यादवी ढकाल, परिषद् सदस्य
५७. शेखर अर्याल, परिषद् सदस्य
५८. प्रेमिला राई, परिषद् सदस्य
५९. रामबहादुर घिसिङ, परिषद् सदस्य
६०. धनकुटे कान्छा, परिषद् सदस्य
६१. गणेशकुमार राई, परिषद सदस्य
६२. कृष्ण किशु, परिषद् सदस्य
६३. कल्याण ओझा, परिषद् सदस्य
६४. यादवराज उपाध्याय, परिषद सदस्य

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •