काठमाडौं महानगरपालिकाद्वारा विभिन्न अस्पताललाई भेन्टिलेटर प्रदान


लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार २३:०४ मा प्रकाशित     
काठमाडौं महानगरपालिकाद्वारा विभिन्न अस्पताललाई भेन्टिलेटर प्रदान

काठमाडौं । वैशाख १४
काठमाडौं महानगरपालिकाले विभिन्न ९ अस्पताललाई ४७ थान भेन्टिलेटर प्रदान गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्लले कोरोना महामारीसँगै अस्पतालहरुको क्षमता वृद्धि गर्न र सेवा विस्तार गरेर संक्रमितलाई बचाउन विभिन्न अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको बताएका छन् ।

उनले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट सञ्चालनमा ल्याइसकेको र कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!