एनआरएनए बरिष्ठ उपाध्यक्षमा सफल समाजसेवी कृष्ण जीवि पन्थको उम्मेदवारि


[ss_social_share]
लेखक : लेखापढी      १३ जेष्ठ २०७८, बिहीबार २२:३७ मा प्रकाशित     
एनआरएनए बरिष्ठ उपाध्यक्षमा सफल समाजसेवी कृष्ण जीवि पन्थको उम्मेदवारि

 राजु क्षेत्री, अमेरिका- जन्मभूमी भन्दा हजारौ माईल परको नयॉं संसारलाई आफ्नो कर्मथलोमा बनाउदै नेपालीहरुको सनातन देखि चल्दै आएको मौलिक नेपाली भाषा, साहित्य, सभ्यता, बिभिन्न जातजातीहरुको भेषभुषा रितीरिवाज परम्परा, धर्म संस्कृति र सिंगो नेपाल र नेपालीहरुकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र कटिबद्ध रहेका छन्।

तनहुँमा जन्मिएका कृष्ण जीबी विद्धार्थी जीवनदेखी राजनैतीक चेतनाले भरिंदै बालिक अधिकार, शिक्षा र चेतनामुलक संस्थाहरुमा सेवा गरेर सुन्दर सपना सहितको अमेरिका प्रवेश गरेका थिए । गत १३ वर्ष देखि अमेरिका बस्दै आएका पन्थ सफल  ब्यापारबाट आफुलाई एक अब्बल नेपाली नागरिक, सफल ब्यवसायी र सामुदायिक अभियन्ताको परिचय बनाउदै बर्तमान एनआरएनए कार्यसमितिमा उपाध्यक्ष पदमा रही नेपाली समुदायमा सेवा गरिरहेका छन् । एक मृदभाषी, सफल ब्याबसायी पन्थले विभिन्न समयमा नेपालमा अनेकौ सेवामुलक कार्यमा सहयोग गर्दै आउनु भएको छ । 

"रोजगारीको खोजिमा होस् वा उच्च शिक्षा अध्ययनको लागी, बसाई सराईको लागी होस् या ब्यापार ब्यबसायको निम्ति, बाध्यताले नै किन नहोस्  हामी सबैको झोला बोक्नु अघि आ-आफ्नै कथा र ब्यथाहरु छन् । म अहिले त्यतातिर धेरै बहकिन चाहदिन। तर, एउटा तितो सत्य के हो भने जो जहॉं जे जसरी नेपाल छोडेर बाहिरियता पनि हामी यहॉं नेपाली हौ भनेर बिरानो यो संसारमा एकत्रित भएका छौ।

पन्थ, एकता भावनाको बिकास गर्दै कर्मभूमी बसाईको क्रममा नेपाली समाजमा आईपरेको बिभिन्न खाले समस्याहरुको समाधान गर्दै मातृभूमी प्रतिको आफ्नो कर्तव्य निर्वाहमा दत्तचित्तका साथ सदैब अगाडी बढीरहेको छन्।  बरिष्ठ उपाध्यक्षका ससक्त उम्मेदबार पन्थ भन्नु हुन्छ-  “रोजगारीको खोजिमा होस् वा उच्च शिक्षा अध्ययनको लागी, बसाई सराईको लागी होस् या ब्यापार ब्यबसायको निम्ति, बाध्यताले नै किन नहोस्  हामी सबैको झोला बोक्नु अघि आ-आफ्नै कथा र ब्यथाहरु छन् । म अहिले त्यतातिर धेरै बहकिन चाहदिन। तर, एउटा तितो सत्य के हो भने जो जहॉं जे जसरी नेपाल छोडेर बाहिरियता पनि हामी यहॉं नेपाली हौ भनेर बिरानो यो संसारमा एकत्रित भएका छौ। नेपाली मात्रमा अन्तरनिहित यी बिशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको छ। त्यो नै हाम्रो पहिचान हो। नेपालीहरुको पहिचानलाई पुस्तौपुस्ता सम्मपनि चिरस्थायी राख्नकै लागी र हाम्रो भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैब उत्तरदायी रही रहुन भन्ने पवित्र मनासायबाट ओतप्रोत हुदै हामीहरु सबैजना आप्राबासी नेपालीहरुको साझा संस्था गैह्र आवासीय नेपाली संघ, अमेरिकासंग आबद्ध भएका छौ। हाम्रो परिचय भनेको भेषभुषा, भाषा, साहित्य,परम्परा लगायतका बिषयहरु हुन ।”

अमेरिकामा लाखौ नेपालीहरु माझ चर्चित रहेका पन्थ गैह्र आवासीय नेपाली संघ अमेरिकामा हाल उपाध्यक्ष पदमा रही सेवा गर्दै आउनु भएको छ।आउँदो मे २९ तारेख शनिबार र मे ३० तारेख आईतबार सम्पन्न हुन गईरहेको गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाको निर्वाचनमा  बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दियका छन्  साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पुरा गर्न बॉंकी दुई बर्षको लागी निस्पक्ष सेवामा खर्चने बताएका छन्।  सामाजिक अभियन्ताको रुपमा आफु अघि बढेको र कोही कसैसंग प्रतिस्पर्धीको रुपमा नभई नेपाली समाजमा ब्याप्त समस्याहरुको न्यूनिकरण गर्नु आफ्होनो मुक्य कार्य योजना रहेको बताएका छन् ।  आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा नेपाली समुदायको सदस्यहरुलाई यहॉंको मुल प्रवाहमा प्रवेश गराउनु हो।

यहि दीर्घकालिन र दुरगामी महत्वका बिषयहरुमा आफु र आफ्नो समाजलाई केन्द्रीत गराउने ध्येयका साथ आफ्नो मुद्धालाई अक्षरस पालाना गर्दै अघि बढ्ने  योजना रहेको छ। निर्वाचनको लागि बिभिन्न साना ठुला राज्यहरु र शहरहरुमा पुग्दा सम्पूर्ण नेपालीहरुले देखाएको सदभाव,सहयोग र समर्थनको तालिले अरुबढी कटिबद्ध र जिम्मेवार बनाएको अनुभूति गरेको बताएका छन्। 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 854
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    854
    Shares