कोभिड-१९ संक्रमण भन्दा निको हुनेको संख्या धेरै


कोभिड-१९ संक्रमण भन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ : नेपालमा बिहीबार थप ६ हजार ९३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार ४१४ पिसिआर परीक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

त्यस्तै कोभिडका कारण थप १०६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ९ सय ५१ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप सात हजार दुई सय २६ जना संक्रमणमुक्‍त भएका छन् । हालसम्म नेपालमा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १  लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित आइसोलेसन र एक हजार ९ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

सबैले आफ्नो क्षेत्रबाट बिशेष सतर्कता अपनाउदै कोरोना वृद्धिलाई सजिलै रोक्न सकिने जनाएको छ |