नागरिकता अध्यादेश विरुद्ध रिट


लेखक : लेखापढी      १३ जेष्ठ २०७८, बिहीबार २३:३८ मा प्रकाशित     
नागरिकता अध्यादेश विरुद्ध रिट

काठमाडौं । वैशाख १३
सरकारले अध्यादेशबाट ल्याएको नागरिकता ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विष्णुकुमार गिरी र गणेशकुमार शर्माले अध्यादेश खारेजीको माग गरेर निवेदन दर्ता गराएका छन् ।

सर्वोच्च अदालतले सो रिटमाथि जेठ २१ मा सुनुवार्ई गर्ने गरेर पेशी तोकेको छ ।

संसदको राज्य व्यवस्था समितिबाट पारित भएर नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा विचाराधिन भएको अवस्थामा सरकारले आफू खुशी अध्यादेश जारी गरेको थियो । आज दर्ता भएको रिटमा अध्यादेश खारेजीको माग गरिएको छ ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!