म पुष्कर शाह !!
गाउँमा नयाँ स्वास्थ्य चौकी बन्दै थियो । त्यसको जिम्मा पाएका ठेकेदारलाई मैले आफ्नो परिचय दिएँ !
मेरो नामसंग उनि खासै परिचित रहेनछन !
मैले अझ स्पस्ट पार्दै भने- “म यहीको स्थानिय हुँ”, मैले साइकल यात्रा गरि संसार घुमेको छु ।
म सगरमाथा आरोही पनि हो ।
त्यतिले नपुगेर मैले आमाको नाम समेत जोडेर आफ्नो पूर्ण परिचय दिएँ ।
उनले मेरो परिचय लाई ए’ ए’ मै टारे ।
दिउसोतिर गाउँको स्वास्थ्य चौकीलाई अलिकति भएनी श्रमदान गर्नुपर्छ भनेर इट्टा बोक्न थालें ।
“यो मान्छे को हो ?” ठेकेदारले गाउँको एकजना मान्छेलाई सोधेछन ।
उनि अवकाश प्राप्त प्रहरी अधिकृत थिए ! बडो रमाइलो हासि-मजाक गर्ने मान्छे !
“यो मान्छे त हाम्रै गाउँको कुल्ली हो नि” उनले गदगद हुदैँ ठेकेदारलाई सुनाएछन् !
ठेकेदारले ट्वाँ पर्दै भनेछन “यो मान्छे त भयंकर गफाडी रैछनी”
“किन हजुर ?” ति अवकाश प्राप्त प्रहरी अधिकृतले सोधेछन !
“अघि आएर मलाई निक्कै गफ दियो; साइकलबाट संसार घुमेको भन्छ; फेरी सगरमाथा चढें पनि भन्छ; हैन यो कुल्लीले
कहाँबाट ल्यायो त्यत्रो पैसा ?
(शाह, एक विश्व साइकल यात्री हुन् । दोलखाको एउटा सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका शाहलाई आज सबैले विश्व साइकल यात्रीका रूपमा चिन्छन् । शान्ति तथा सहअस्तित्वको सन्देश लिएर उनले विश्वका १५० मुलुकको यात्रा गरे । बिश्व साइकल यात्रा पश्च्यात सगरमाथाको सफल आरोहण समेत गरे केही गरेर देखाउने उदेश्य राख्नेहरूका लागि पुष्कर शाह प्रेरणाका स्रोत मात्र होइनन्, एउटा विम्ब पनि हुन्। बिश्व साइकिल यात्रा पश्चात ”संसारलाई साढे पाँच फन्को ” नामक चर्चित पुस्तक लेखेका छन् , जसमा बिश्व यात्रामा देखेका, भोगेका अनेकौ संघर्षका जीवन्त स्मरणहरु समाबेश गरेका छन् ।)
Post Views: 458