केन्द्रको निर्णय नमान्नेलाई कारबाही गर्छाैँ: लेखराज भट्ट


केन्द्रको निर्णय नमान्नेलाई कारबाही गर्छाैँ: लेखराज भट्ट

काठमाडौं । सुदूरपश्चिम संसदीय दलको बैठकले केन्द्रको निर्णय नटेरेपछि पार्टी इन्चार्ज लेखराज भट्टले कारबाही गर्ने बताएका छन् । आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

गत सोमबार बसेको स्थायी कमिटीको बैठकको निर्देशन अनुसार निर्णय नभएपछि नेताहरूले कारबाहीको चेतावनी दिएका हुन् । स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता दिन निर्देशन दिएको थियो ।  

सुदूरपश्चिम इन्चार्ज भट्टले लिखित रिर्पोट आएपछि विधान अनुसार कारबाही हुने बताए । 

“मैले सबै रिपोर्ट लिन पाएको छैन । लिखित रिपोर्ट आएपछि के गर्ने भन्ने सल्लाह गर्छाैँ । तर, पार्टीको विधान,संसदीय दलको विधान अनुसार कारबाही हुन्छ,” नेता भट्टले बताएका छन।