संसद विघटनको रिटमाथि बुधवार र बिहिवार पेशी


लेखक : लेखापढी      १२ जेष्ठ २०७८, बुधबार ००:१८ मा प्रकाशित     
संसद विघटनको रिटमाथि बुधवार र बिहिवार पेशी

काठमाडौ। जेठ १२
सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध दर्ता भएका रिटमाथि सुनवाइ बुधवार र बिहिवार हुने छ ।

रिटमाथि सुनुवाई लागि बिहीबार र शुक्रबार तोकिएको सर्वोच्चले जनाएको छ । दर्ता भएका कुल रिटमध्ये १९ वटा रिट साधारण इजलास र ११ वटा संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ १३ गतेका लागि तोकिएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरूद्ध परेका १९ रिटको पेशी बिहीबारलाई तोकेको छ भने ११ रिटको पेशी शुक्रबारलाई तोकेको छ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार शुक्रबार राष्ट्रपतिसमक्ष नयाँ सरकारको दाबी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुबैको पक्षबाट सर्वोच्चमा आफूलाई नै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा पुर्नस्थापना गरि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै ४ वटा रिट परेको र बाँकी २६ वटा रिट प्रतिनिधिसभा पुनर्स्थापना गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!