रास्ट्रिय सरोकार मंच नेपाल द्वारा नागरिकता अध्यादेश खारेजीको माग


लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार ००:०४ मा प्रकाशित     
रास्ट्रिय सरोकार मंच नेपाल द्वारा नागरिकता अध्यादेश खारेजीको माग

काठमाण्डाैं । सरकारले नागरिकता अध्यादेश जारि गरेको भन्दै जनताले चौतर्फी रुपमा बिरोध र खारेजीकाे माग गरेका छन्। यसै गरि रास्ट्रबादी संस्था “रास्ट्रिय सरोकार मन्च नेपाल”ले साेमवार एक विज्ञप्ती जारी गरी देशभरबाट सबै तह र तप्काका जनताले चाैतर्फी विराेध गर्दै आएकाे नागरिकता सम्बन्धि पछिल्लाे अध्यादेशकाे विराेध गरेकाे हाे ।

मन्चका अध्यक्ष साेम विक्रम सिंहले जारी गरेकाे विज्ञप्तीमा जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था राष्ट्रघाती तथा देशद्रोही कदम हो भनिएकाे छ । कुर्सि बचाउने यस्तो राष्ट्रघाती निर्णय तत्काल खारेज गर्न संचले सरकारलाई चेतावनी दिइएकाे छ । 

राष्ट्रिय सरोकार मन्चले जारि गरेको विज्ञप्तीको पूर्ण पाठ:

मिती:- बैशाख शुक्ल त्रयोदशी,२०७८ साल जेठ १० गते, सोमबार।
                      विषय:- नागरिक विधेयक अध्यादेशको घोर भत्सर्ना र खारेजीको माग।
२०७८/०२/०९ गते राष्ट्रपतिद्वारा जारी नागरिक विधेयकको अध्यादेश प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राष्ट्रलाई नै संकटमा पार्ने यस्तो राष्ट्रघात कदमको हामी घोर भत्सर्ना गर्दछौ। तराई, पहाड र हिमाल बीच फाटो ल्याउने, सँधियौँ देखि कायम रहँदै आएको नेपाली दाजुभाई तथा दिदिबहिनी बीच रहेको भाईचारा खल्बलाउने, राष्ट्रिय एकता तोड्ने, अनावश्यक रुपमा नागरिकता बाँडेर सिक्कमीकरण वा फिजीकरण बनाउने प्रयास कुनै पनि देशभक्त र राष्ट्रवादि नेपालीलाई स्वीकार्य हुने छैन। यस्ता घृणित कुकर्मबाट उत्पन्न हुनसक्ने द्धन्द,हिंसा र विकृतीबाट सचेत हुन समेत हामी चेतावनी दिन चाहान्छौ। देश यस्तो कोरोनाको महामारीमा फसेको बेलामा, जनतालाई यसबाट जोगाएर समाधानको बाटोतिर उन्मुख हुनुपर्ने र रोग तथा भोक बीच जुधिरहेको जनतालाई राहत दिनुपर्ने परिस्थितिमा यस्तो दुर्भाग्यपुर्ण कदमले थप निराशा र आक्रोशित बनाउनु स्वभाविक नै हो। जन्मसिद्वबाट जन्मेकोलाई बंशजको आधारमा नागरिकता दिईनु भनेको राष्ट्रघाती तथा देशद्रोही कदम हो। कुर्सि बचाउने यस्तो राष्ट्रघाती निर्णय तत्कालै खारेज गर्न हामी यस सरकारलाई चेतावनी दिन चाहान्छौ। अन्यथा यसबाट उत्पन्न हुन सक्ने घटना र दिर्घकालीन रुपमा पर्ने असरको जिम्मेवारी स्वयम यस कठपुतली सरकार नै हुनेछ। यसबाट उत्पन्न हुने असन्तुष्टि र सरकार बिरूद्व हुने काम कार्वाहीको हेक्का राख्न हामी चेतावनी दिन चाहन्छौं।
धन्यवाद। ईती। ॐ जय शिव गोरक्ष।जय कर्मनिष्ठ। जय राष्ट्र।
सोम विक्रम सिंह
कर्मनिष्ठ अभियान्ता तथा केन्द्रिय अध्यक्ष
राष्ट्रिय सरोकार मञ्च नेपाल
100% LikesVS
0% Dislikes
Spread Your Love !!!