इन्द्र रेग्मीका दुई कृतिको अवलोकन


[ss_social_share]
लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार १३:४० मा प्रकाशित     
इन्द्र रेग्मीका दुई कृतिको अवलोकन

इन्द्रप्रसाद रेग्मी आफैँमा साहित्यको क्षेत्रको अग्रज प्रखर तथा उज्ज्वल नक्षत्र हुनुहुन्छ । उहाँको विविध विधामा झण्डै दर्जन साहित्यिक कृतिहरु प्रकाशित भैसकेका छन् । “गुरु” आफैले मलाई यी पुस्तकहरू प्रदान गरेर पढ़ने सौभाग्य प्रदान गर्नु भएकोमा म अत्यन्त आभारी छु ।

स्वाहा व्यड़्ग्य निबन्ध संग्रह

पन्ध्रवटा निबन्धहरूले सुसज्जित यस पुस्तकमा विभिन्न कालखण्डहरूमा रचना भएका तथा विभिन्न राष्ट्रीय स्तरका पुस्तक÷पत्रिकामा प्रकाशन भएका निबन्धहरू रहेका छन् । निबन्धकारको कलम हरेक विषयलाई लिएर बेतोडले कुदेकोछ । कतै मनोवाद छ, कतै व्यड़्ग्य विशेषता बर्तमान राजनीति तथा सामाजिक विभेद एवं संस्कारको उठान ती शिर्षकले गरेको मात्र नभई निबन्धकारले आफ्नो मत स्पष्ट राख्न पनि भुलेका छैनन् । हाम्रो गाउँघर पर्यावरण प्राकृतिक दोहन राजनीति द्वन्द लगायत हरेक फाँटलाई उहाँको कलमले झक्झक्याउँदै दह्रो खबरदारी समेत गरेकोछ । अलिकति सुक्ष्म तरिकाबाट पाठकले यसको अध्यायन गरेमा सिड़्गो देश र परिवेशको बिषम परिस्थितिलाई छर्लड़्ग बनाएको छ । निबन्धकारको रूपमा उहाँको लेखनशैली विषय र सचेत नागरिकसम्म सचेतना विस्तारमा अत्यन्त मेहनतका साथ सिर्जना गरिएको यस कृतिका लागि “गुरु” प्रति विशेष बधाई !

जाइफल मुक्तक सड़्ग्रह

जाइफल मुक्तक सड़्ग्रह दुईसय सन्ताउन्नवटा मुक्तकबाट पुस्तकको रूप ग्रहण गरेको यस पुस्तकले विशेषत देशको वर्तमान परिस्थितिप्रति आम नागरिकहरुको वितृष्णा, कुण्ठा, आवेग, विद्रोह बोलेको छ । खबरदारी गर्दै नेतृत्वलाई सहि मार्गतर्फ लाग्ने बाटो र सुझाव पनि यसमा पाइन्छ । सामाजिक अभियान्ताकै रूपमा कृतिकारको कलमले सिड़्गो अभियानको नेतृत्व समेत गर्न सफल बनेकोछ ।

मुक्तकहरू पढ्दै जाँदा राष्ट्रप्रतिको दायित्वबोध, विसड़्गतिहरूप्रतिको आक्रोश नेतृत्वको अकर्मण्यताप्रति विद्रोह तथा नागरिकका पीडा, अभाव, अन्यायको अगुवाई गरेको छ । समग्रमा पुस्तक अत्यंत पठनीय र सड़ग्रहणीय छ । म आदरणीय गुरुलाई हार्दिक बधाई दिँदै नमन टक्याउँछु ।

(भरतपुर, चितवन निवासी होमनाथ घिमिरे पेशाले इन्जिनियर हुन् । यस लेखमा उनले चितवनकै साहित्यकार इन्द्र रेग्मीका दुई कृतिमाथि आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् ।


होमनाथ घिमिरे

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •