जापान र श्रीलंका भ्रमणमा अमेरिकाद्वारा रोक


लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार १४:४२ मा प्रकाशित     
जापान र श्रीलंका भ्रमणमा अमेरिकाद्वारा रोक

काठमाडौँ- अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न निर्देशन दिएको छ । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भ्रमणमा रोक लगाएको हो । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।

त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ । उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!