बलिवुड चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई अदालतद्वारा कारबाहीको आदेश


बलिवुड चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई अदालतद्वारा कारबाहीको आदेश

मुम्बई । बलिवुड नयाँ चलचित्र ”राधे” को पाइरेसी भएर विभिन्न अनलाइनमा प्रसारण भएको थियो । दिल्ली उच्च अदालतले बलिउड अभिनेता सलमान खानको चलचित्र ‘राधे: योर मोस्टवान्टेड भाइ’ पाइरेसी गर्नेलाई कारबाहीको आदेश दिएको छ ।

अदालतले गैरकानुनी रुपमा सामाजिक सञ्जालको माध्यमबाट हुने प्रसारणमाथि रोक लगाएको हो । चलचित्र ब्रोडकास्ट ‘जी’ले दर्ता गरेको आरोपको सुनुवाइ गर्दै उच्च अदालतले यस्तो कदम उठाएको हो ।

उच्च अदालतले चलचित्रको पाइरेसी गरेर ह्वाट्यसमा सर्कुलेट गरेका ती नम्बरहरुलाई निलम्बन गर्न आदेश दिएको हो । साथै, भारतका प्रमुख दूरसञ्चार अपरेटरहरु एयरटेल, जियो र भोडफोनलाई आफ्ना ती ग्राहकहरुको विवरण दिन पनि आदेश दिएको छ ।

चलचित्रको अनाधिकृत रुपमा स्टोर, पुनरुत्पादन, सञ्चार, प्रसार, सकुर्लेट र कपी गरेर बेच्नु जीको प्रतिलिपि अधिकार उल्लंघन हुनु हो भन्दै सोहीअनुरुप कारबाही हुने बताइएको छ ।

चलचित्र राधेको प्रतिलिपि अधिकार जी च्यानलले किनेको छ र चलचित्र डिजिटल प्लेटफर्ममा यसकै जी प्लेक्समा पर भ्युज शुल्कमा रिलिज भएको हो । 
नवभारत टाइम्सबाट ।