प्रतिनिधि सभा विघटन असंवैधानिक ः चार पूर्व सभामुख


[ss_social_share]
लेखक : लेखापढी      ११ जेष्ठ २०७८, मंगलवार २३:२६ मा प्रकाशित     
प्रतिनिधि सभा विघटन असंवैधानिक ः चार पूर्व सभामुख

काठमाडौं । जेठ ११
प्रतिनिधि सभा विघटन बारेमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाले संसद भवनमा बोलाएको बैठकमा पूर्व सभामुख रामचन्द्र् पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महराको उपस्थिति थियो । सो भेलामा दुई पूर्व सभामुख दमननाथ ढुंगाना र सुवास नेम्वाङको अनुपस्थिति थियो ।

भेलामा सहभागी सभामुखहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको विचार व्यक्त गरेका छन् । बैठकमा वर्तमान अवस्थामा कसरी अघि बढ्ने सम्बन्धमा समेत छलफल भएको पूर्व सभामुख ओनसरी घर्तीले बताएकी छिन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •