माटो (लघुकथा)


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार ०८:१६ मा प्रकाशित     
माटो  (लघुकथा)

ऊ तयार भएर आमालाई ढोगी गरेर निस्किन खोज्दै थियो, आमाले आशीर्वाद दिइन् र पछ्यौराको टालोमा बाधेर आफ्नो मुठ्ठीभित्र च्यापेकी पोको हातमा थमाइदिइन ।

उसले झोलाको खल्तीमा राख्दै पुग्यो खाडीको कुनै शहरमा । जुन जुन बेला घरको याद आउथ्यो आमाले दिएको त्यहि पोको लिएर शिरमा छुन्थ्यो । आमालाई सञ्चो नभएको रैबार त पायो तर आउन सकेन । त्यही पोको शिरमा राखेर स्वास्थ्य लाभको कामना गर्यो ।

यति ब्यस्त थियो की ऊ आमाले पोको बाँधेर दिएको पछ्यौरी भित्र के थियो भनेर हेर्न सम्म सकेन । पाँच वर्षको अवधि सकेर ऊ फर्कियो । आमा अँध्यारो कोठामा सास मात्र बाँकी राखेर उसैलाई पर्खिरहेकी थिइन् । आमालाई ढाेग्यो र उपहार स्वरूप त्यहि पोको थमाइदियो ।

आमाले उसकाे हात समाएर बारीमा गईन र पोकाभित्रको माटो खोलेर मिसाईदिइन् माटोमा । अनि भनिन यो माटो तेरो हो । अब यो माटोको जिम्मा तँलाई ।


अंकुर चन्द 
कंचनपुर, सुदुरपस्चिम  

100% LikesVS
0% Dislikes
Spread Your Love !!!