संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मागसहित १४६ सांसदको सर्वाेच्चमा रिट


लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार १४:५३ मा प्रकाशित     
संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मागसहित १४६ सांसदको सर्वाेच्चमा रिट

विपक्षी गठबन्धनमा रहेका सांसहरुसहित शीर्ष नेताहरू सर्वोच्च अदालत गएका छन् । १४६ सांसदहरुकाे हस्ताक्षरसहित विपक्षी गठबन्धनका सांसदहरु सरकारका पछिल्ला कदमविरुद रिट निवेदन दायर गर्न सर्वाेच्च अदालत पुगेका हुन ।

 प्रतिनिधिसभा पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ ।

आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गरेका हुन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!