नागरिकता सम्बन्धी अध्यादेश बदरको माग


[ss_social_share]
लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार २२:०० मा प्रकाशित     
नागरिकता सम्बन्धी अध्यादेश बदरको माग

काठमाडौं । जेठ १०
हिजो अध्यादेश मार्फत ल्याइएको नागरिकता सम्बन्धित ऐन बदर गर्न सर्वोच्च अदालतमा रिट परेको छ । सोमबार अधिवत्ता बोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने, विजयप्रकाश मिश्र र डम्बरविक्रम कार्कीले रिट दायर गरेका छन् । रिटकर्र्ताले अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेरणा आदेशद्वारा अमान्य र बदर गर्न माग गरेका छन् ।

आज दायर गरिएको रिटमा मन्त्रीपरिषद कार्यालय र गृृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । रिटमा अध्यादेश मार्फत ल्याइएका सबै दफा तथा उपदफा खारेज गर्न माग गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न संसदमा छलफल सकिएर पारित हुने अवस्थामा अध्यादेश ल्याउनु उचित नभएको बताएका छन् । रिटकर्ताले सत्ताका लागि नागरिकता जस्तो संवेदनशील विषयमा सम्झौता गरेको दावी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •