खनाल- नेपाल सहित एघार नेताको साधारण सदस्यता समेत खारेज


[ss_social_share]
लेखक : लेखापढी      १० जेष्ठ २०७८, सोमबार २०:२० मा प्रकाशित     
खनाल- नेपाल सहित एघार नेताको साधारण सदस्यता समेत खारेज

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

तर कारबाहीमा परेकी झाँक्रीले त्यो कारबाहीको कुनै मान्यता नहुने बताइन् । उनले आफूहरु पनि बसेर ओलीलाई कारबाही गर्न सक्ने भन्दै सोधिएको स्पष्टीकरण पत्र पनि आफूहरुले नपाएको उनको प्रतिक्रिया छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •